काठमाडौं उपत्यकामा थपिए ३ जना कोरोना संक्रमित

भक्तपुर न्यूज

७ साउन २०७७ ११:२३

काठमाडौं उपत्यकामा थपिए ३ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३ जना संक्रमित थपिएको जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित मिडिया ब्रिफिङमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा संक्रमण पुष्टि भएका छन् ।

अहिलेसम्म काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या २६० पुगेको छ । भक्तपुरमा ४९ जना र ललितपुरमा ७९ जनामा संक्रमण भएको छ । योसंगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ३ सय ८५ पुगेको छ ।

प्रकाशित मितिः २०७७ साउन ०७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *