नेपालमा कोरोनाबाट चिनियाँ महिलासहित दुई जनाको मृत्यु

भक्तपुर न्यूज

७ साउन २०७७ ११:०५

नेपालमा कोरोनाबाट चिनियाँ महिलासहित दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमण भएका थप दुईजनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ नागरिक महिलाको मृत्यु भएको बताए ।

जनकपुर उपमहानगरपालिका बस्ने पुरुषलाई खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि २ साउनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । भेन्टिलेरटरमा राखेर सघन उपचारकै क्रममा मंगलबार उनको निधन भएको गौतमले बताए ।

त्यसैगरी पोखरामा काम गरेर बस्ने चिनियाँ नागरिक बिरामी भई मणिपाल अस्पताल भर्ना गरिएकोमा उनको अवस्था जटिल भएपछि २ साउनमा हेलिकोप्टरमा ग्रान्डी अस्पताल काठमाडौंमा ल्याएर उपचार गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा बुधबार उनको निधन भएको गौतमले जानकारी दिए । थप दुईजनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४२ पुगेको छ ।

प्रकाशित मितिः २०७७ साउन ०७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *