एकैदिन थपिए झण्डै साढे दुई लाख कोरोना संक्रमित
काठमाडौं। विश्वमा एकैदिन झण्डै साढे दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ३८ हजार ३४७ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ।
अघिल्लो दिनको तुलनामा ६ साउनमा ३२ हजार भन्दा बढी संक्रमित थपिएका हुन्। ५ साउनमा दुई लाख पाँच हजार ६२४ जना संक्रमित थपिएका थिए।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५० लाख ८४ हजार १९७ पुगेको छ भने ९१ लाख तीन हजार ८६८ जना संक्रमणमुक्त भएका छन्।
विश्वमा ५३ लाख ६१ हजार ८५२ सक्रिय संक्रमित रहेकोमा ६३ हजार ८०० जनाको स्वास्थ्य चिन्ताजनक छ। कोभिड–१९ का कारण विश्वमा अहिलेसम्म ६ लाख १८ हजार ४७७ जनाको मृत्यु भएको छ।
प्रकाशित मितिः २०७७ साउन ०७ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४