काठमाडौं उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित

भक्तपुर न्यूज

६ साउन २०७७ ११:०१

काठमाडौं उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ र ललितपुरमा ९ जना संक्रमित थपिएको जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित मिडिया ब्रिफिङमा त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं जिल्लाका आठ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

त्यसैगरी स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुर जिल्लाका एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

अहिलेसम्म काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या २५७ पुगेको छ । भक्तपुरमा ४९ जना र ललितपुरमा ७९ जनामा संक्रमण भएको छ । योसंगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ३ सय ८२ पुगेको छ ।

प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *