भक्तपुरका चोरी मुद्दाका फरार पक्राउ अभियुक्त

भक्तपुर न्यूज

६ साउन २०७७ ९:१४

भक्तपुरका चोरी मुद्दाका फरार पक्राउ अभियुक्त

भक्तपुर । चोरी मुद्दाका फरार रहेका एक जनालाई भक्तपुर प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ कमलबिनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार बिश्वराम लवजुको जाहेरीले प्याठलाई नकबजनी चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०७६ माघ २७ गते एघार हजार जरिवाना फैसला सुनाएको थियो । तर उनी फरार रहेका थिए ।

प्याठलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा जरिवाना तिराई छोडेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *