पछिल्लो २४ घण्टामा १७३ जना संक्रमणमुक्त भई डिस्चार्ज

भक्तपुर न्यूज

५ साउन २०७७ १०:४९

पछिल्लो २४ घण्टामा १७३ जना संक्रमणमुक्त भई डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै निको हुनेको संख्या हालसम्म ११ हजार ८६८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यो ६६.५१ प्रतिशत निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार २१६ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

प्रकाशित मितिः २०७७ साउन ०५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *