अन्तराष्ट्रिय भिडिओ कला प्रोजेक्ट ‘मेड इन माइन्ड सेरिज २’ प्रदर्शन गर्दै
काठमाडौं । ग्यालरी एमक्युबले दुई मिनेट लामो अन्तराष्ट्रिय भिडिओ कला प्रोजेक्ट ‘मेड इन माइन्ड सेरिज २’ प्रदर्शन गर्दैछ। ललितपुरस्थित ग्यालरीले सोमबार बेलुकी पाँच बजे सामाजिक संजालमार्फत प्रदर्शन गर्न लागेको हो।
यो सेरिजमा १३ देशका ५२ कलाकारको सहभागिता छ। नेपालसहित अष्ट्रेलिया, अमेरिका, बंगलादेश, क्यानडा, चीन, जर्मनी, भारत, पाकिस्तान, कोरिया लगायत देशले सहभागिता जनाएका छन्।
लकडाउनको समयमा सबै जना घरमै थुनिएका थिए। संक्रमण जोखिमको यो समयमा कलाकारहरू पनि अछुतो रह्न सकेनन्। यसैक्रममा उनीहरूको दिमागमा आएको अभिव्यक्ति विचारधारालाई यस सेरिजमार्फत उजागर गर्न खोजिएको छ।
सबैको आ–आफ्नै लकडाउन अनुभव छन्। कलाकारका अनुभवलाई कलात्मक ढंगले प्रस्तुत गर्दै यो समयमा सकारात्मक उर्जा दिनु यस प्रोजेक्टको उद्धेश्य हो।
प्रकाशित मितिः २०७७ साउन ०५ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४