काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

भक्तपुर न्यूज

४ साउन २०७७ ११:०८

काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ र ललितपुरमा ३ जना संक्रमित थपिएको जानकारी दिए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना र ललितपुरका २ जना कोरोना संक्रमण देखिएको हो ।
अहिलेसम्म काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या २४७ पुगेको छ। भक्तपुरमा ४९ जना र ललितपुरमा ७७ जनामा संक्रमण भएको छ।

प्रकाशित मितिः २०७७ साउन ०४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *