भक्तपुरमा आज गठेमंगल औपचारिकतामा सिमित
भक्तपुर । कोरोना भाइरस कोभिड १९ महामारीको उच्च जोखिमको संवेदनशीलतालाई मध्य नजर गर्दै भक्तपुरमा यो वर्ष गठेमंगल गथामग चह्रे पर्व औपचारिकतामा मात्र सिमित गरिएको छ ।
भक्तपुर नगरकार्यपालिकाले यो बर्षको गठेमंगल पर्वलाई औपचारीकतामा सिमित गर्न गरेको आग्रहलाई स्विकार गर्दै गठेमंगल पर्वलाई स्थानियले औपचारीकतामै सिमित गरेका छन् भने गठेमंगलको कुनै तयारी भक्तपुरमा देख्नि सकिँदैन ।
भक्तपुरका टोल टोलबाट निकालिने गठेमंगल पर्वमा हुन सक्ने मानब चाप र त्यसले निम्ताउन सक्ने कोरोन संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थानियहरुलाई पर्व औपचारकितामा सिमित गर्न गरेको आह्रवानलाई सबैले पालन गरेको भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रबिन्द्र ज्याख्वले जानकारी दिए ।
ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरमा आज साउन ४ गते गठेमंगल र साउन १९ गतेदेखि २७ गतेसम्म गाईजात्रा पर्व पर्ने र यी दुवै पर्वमा मानब चाप अधिक रहँदा कोरोना भाइरस कोभिड १९ महामारीको जोखिम बढ्ने खतरा रहने भन्दै सरोकावाला संस्कृतिकर्मीहरुको नगरस्तरीय भेलाबाट प्राप्त राय सुझावअनुसार गठेमंगलको दिन गथामंग नमनाउन र गाईजात्राका दिन औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनी नगर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
यसअघि नगरपालिकाले भक्तपुरको प्रसिद्ध विस्काः जात्रा पनि औपचारिकतामा मात्रै सिमित गर्ने निर्णय गरेको थियो
प्रकाशित मितिः २०७७ साउन ०४ आइतबार