२४ घण्टामा थपिए १४४ जना कोरोना संक्रमित , १६ हजार ९४५ पुगे संक्रमित

भक्तपुर न्यूज

२९ असार २०७७ १०:५१

२४ घण्टामा थपिए १४४ जना कोरोना संक्रमित , १६ हजार ९४५ पुगे संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ। सोमबारसम्म नेपालमा हालसम्म १० हजार २ सय ९४ जना उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६० दशमलव ७ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

सोमबार ५ हजार ८५६ जनाको कोरोनाको परीक्षण भएको र हाल २३ हजार ४७० जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए। हाल ६ हजार ६ सय १३ जनाको आइसोलेसनमा कोरोनाको उपचार भइरहेको छ। आज कोहि पनि रेड जोनमा परेका छैनन् ।

प्रकाशित मितिः २०७७ असार २९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *