‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ : २ विजेताले पाए १–१ लाख नगद
काठमाडौं । डिसहोममा ‘डिलर दाइ डिस्काउन्ट योजना’ अन्तर्गत लाइभ लक्कि ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन्।
यही असार १९ गतेदेखि असार २५ गतेसम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्कि ड्र मार्फत विजेता घोषण गरिएको हो।
हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नं. १००, सोकेस २ च्यानल नं. १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन्। योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति १ लाख नगद प्राप्त गर्छन्।
यो योजनाअन्तर्गत असार २६ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यासिड नं. ७१९१३०९४८७७ र ७१९१४०८१९१५ नम्बरका का बिजेता बन्न सफल भएका छन्।
फन्ड ट्रान्सफरको जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलरवा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ। अब अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्रमा सहभागी गराईने डिसहोमले बताएको छ।
प्रकाशित मितिः २०७७ असार २८ आइतबार