मध्यपुरमा दुई पोखरी मध्य एक पोखरीको जीर्णउद्धार सम्पन्न
भक्तपुर । मध्यपुर थिमि स्थित निगु पुखु अर्थात दुई पोखरीको जीर्णउद्धार सम्पन्न भएको छ । लामो समय देखि मैदानमा परिणत यो पोखरीलाई मध्यपुर थिमि नगरपालिकाले जीर्णउद्धार गरि पोखरीको स्वरुपमा परिणत गरेको हो ।
दुइ पोखरीमा रहेका दुइ पोखरी मध्य मध्यपुर थिमि–४ दुईपोखरी संरक्षण तथा पुनर्निर्माणको पहिलो चरणमा एक पोखरीलाई पोखरीको स्वरुपमा ल्याई उद्घाटन गरिएको छ ।
नगरपालिकाले उपभोक्ता समिति मार्फत दुइ मध्य एक पोखरी संरक्षण तथा जीर्णउद्धार गर्न नगरपालिकाले करिब डेढ करोड रुपैयाँ लागतमा यो पोखरीलाई आफ्नै स्वरुपमा ल्याइएको भध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।
दुइ पोखरी मध्य सानो पोखरीले पूर्णता पाएसँगै ठूलो पोखरी संरक्षण तथा जीर्णउद्धार कार्य समेत थालनी भएको उनले बताए । उनले भने , संरक्षण तथा पुनर्निर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्ष ०७६-७७ मा १ करोड २५ लाख रुपैयाँ र वाग्मती प्रदेशले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । यो पोखरीलाई जीर्णउद्धार गरि पुरानै स्वरुपमा ल्याउन उपभोक्ता समिति समेत गठन गरिसकेको छ ।
मध्यपुर थिमि इनाय टोलको राजगणेशदेखि दिगुभैरव भैरव मन्दिरसम्मको आकाशे पानी संकलन गर्ने र संकलित पानी दुई स्थानमा प्रशोधन गरि पोखरी सम्म लाने प्रक्रिया मिलाइएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
यो क्षेत्रलाई मध्यपुु थिमिको प्रमुख साँस्कृति केन्द्रका रुपमा बिस्तार गर्ने योजना सहित काम थालिनी गरिएको र तीन वर्षको अवधिमा दुवै पोखरीलाइ पुरानै स्वरुपमा ल्याउनुका साथै पैदल मार्ग निर्माण, ८ वटा फल्चा आर्थत पाटी निर्माण गरि व्यवस्थित गर्ने लक्ष्यका साथ काम गरिने प्रमुख श्रेष्ठले बताए ।
तिब्र शहरीकरण र मानब अतिक्रमणको चपेटाको शिकार बन्दै गएका यी लगाएत यस्ता सम्पदाहरुको संरक्षणको अभाव खड्कि रहेका बेला मन्दिर ,पाटि, पौवा, सत्तल, पोखरी लगाएत सम्पदाको संरक्षण र प्रर्वदनमा मध्यपुर नगरपालिकाले खेलको भूमिकाकै कारण अस्तित्व मात्र जोगाउने काम नभएर पुरानै स्वरुपमा नियाल्न सकिएको स्थानीयहरु बताउँछन् ।
प्रकाशित मितिः २०७७ असार २८ आइतबार