अवैध ढंगले मिर्गौला प्रत्यारोपणमा संलग्न मेडिकल काउन्सिलका सदस्यसहित चार चिकित्सक पक्राउ
काठमाडौं । अवैध ढंगले मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा नेपाल मेडिकल काउन्सिलका एक जना सदस्यसहित चार जना चिकित्सक प्रकाउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले चितवनको भरतपुरस्थित पूरानो चितवन मेडिकल कलेजका चार चिकित्सकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने चिकित्सकहरूमा राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी छन् । उनीहरु शनिबार साँझ पक्राउ परेका हुन् । कलेजका निर्देशक मनोहर प्रधानका अनुसार मिर्गौला प्रत्यारोपणको घटना एक वर्षअघिको हो । श्रेष्ठ कलेजका सिइओ तथा नेपाल मेडिकल काउन्सिलको सदस्य हुन् ।
श्रेष्ठ पक्राउ परेको बारे काउन्सिलले पनि अनौपचारिक जानकारी पाएको र औपचारिक जानकारी आएपछि आवश्यक निर्णय गर्ने स्रोतले जनाएको छ । मिर्गौला प्रत्यारोपणमा मतियार बनेको आरोपमा जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी र एक जना अधिवक्ता पनि पक्राउ परेका छन् । ब्यूरोले यसबारे विस्तृत विवरण आइतबार पत्रकार सम्मेलनमार्फत दिने तयारी गरेको छ ।
प्रकाशित मितिः २०७७ असार २८ आइतबार