नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भक्तपुर न्यूज

२७ असार २०७७ ११:५७

नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १६ हजार ७१९ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या १६ हजार ७१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुुसार आज सिन्धुपाल्चोक र दाङमा ५र५ जना, सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४र४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेत मा ३र३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २र२ जना संक्रमित थपिएका छन् ।

यस्तै, सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछाममा एकरएक जना संक्रमित थपिएका छन् ।

उनका अनुसार क्वारेन्टिनमा २४ हजार ९७ जना छन् । आठ हजार २ सय ३९ आइसोलेसनमा रहेको गौतमले जानकारी दिए ।
प्रकाशित मितिः २०७७ असार २७ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *