चौबिस घण्टामा दुई लाख २२ हजार ७५९ नयाँ संक्रमित थपिए

भक्तपुर न्यूज

२६ असार २०७७ २:०८

चौबिस घण्टामा दुई लाख २२ हजार ७५९ नयाँ संक्रमित थपिए

काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा दुई लाख २२ हजार ७५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। त्यस्तै पछिल्लो चौबिस घण्टामा पाँच हजार ३८८ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सको तथ्याङ्क अनसार पछिल्लो चौबिस घण्टामा अमेरिकामा सबैभन्दा बढी ६१ हजार ६२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ९४६ जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा थप ४२ हजार ९०७ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। ब्राजिलमा सोही समया कोरोनाका कारण एक हजार १९९ जनाको मृत्यु भएको तथ्यांक छ।

भारतमा बिहीबार २५ हजार ८०३ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ४७९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। रूसमा बिहीबार ६ हजार ५०९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १७६ जनाको मृत्यु भएको छ।

यस्तै, बिहीबार दक्षिण अफ्रिकामा १३ हजार ६७४, मेक्सिकोमा ६ हजार ९९५, पेरूमा तीन हजार ५३७, पाकिस्तानमा तीन हजार ३५९, चिलीमा तीन हजार १३३, इरानमा दुई हजार ७९ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए।

प्रकाशित मितिः २०७७ असार २६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *