पछिल्लो २४ घण्टामा थपिए १ सय ८० संक्रमित , संक्रमितको संख्या १५ ,९६४ पुग्याे
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विभिन्न जिल्लामा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै कुल कोरोना संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको छ।
उनका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोनामुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुने संख्या ६ हजार ८ सय ११ पुगेको छ।
यस्तै २९ हजार २ सय १५ जना क्वारेन्टिनमा र ९ हजार १ सय १८ आइसोलेसनमा रहेका छन्। अहिले रेड जोनमा ५ सय १९ जना रहेका छन्।
प्रकाशित मितिः२०७७ असार २२ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ वैशाख २०८२ १५:०३
काठमाडौं उपत्यकाका सम्पदाहरु हाम्रो सभ्यताको चिनारी हो : मन्त्री पाण्डे
११ वैशाख २०८२ ९:४३
१९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
१० वैशाख २०८२ ७:३४
स्पेनिस ला लिगामा बार्सिलोनाको स्पष्ट अग्रता
११ वैशाख २०८२ १५:२०
आन्दोलनरत चिकित्सकहरुलाई प्रहरीको अवरोध
१० वैशाख २०८२ ७:३२