काठमाडौं । नेपालमा आइतबार थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।
प्रकाशित मितिः २०७७ असार २१ आइतबार
Comments