शिक्षण अस्पतालमा उपचाररत ४७ दिने कोरोना संक्रमित शिशुको मृत्यु
काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत म्याग्दीका कोरोना भाइरस कोभिड-१९० संक्रमित ४७ दिने शिशुको मृत्यु भएको छ।
ती शिशुको बुधबार बेलुका मृत्यु भएको शिक्षण अस्पतालको कोभिडका प्रवक्ता डा.सन्तकुमार दासले जानकारी दिए।
ती शिशुको गत सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो। त्रिवि शिक्षण अस्पतालमै जन्मिएको शिशुको जन्मेदेखि नै श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ।
ती शिशुको शल्यक्रिया गर्नुअगाडि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
प्रकाशित मितिः २०७७ असार १८ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
