बार्सिलोनाको शानदार जित
एजेन्सी, २२ मंसिर । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले बोरुसिया मोनचेङग्लाडबाचलाई ४–० ले हराएको हो ।
समूह सी अन्तर्गतको खेलमा बार्सिलोनालाई जिताउन आर्ड तुरानले ह्याट्रिक गरे भने लियोनल मेस्सीले एक गोल गरे । १६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । दोस्रो हाफमा बार्सिलोनाले थप तीन गोल ग¥यो । ५०, ५३ र ६७ औं मिनेटमा गोल गर्दै तुरानले ह्याट्रिक पूरा गरे । जितपछि बार्सिलोना समूह सीको विजेता बनेको छ ।
बार्सिलोना १५ अंकसहित समूह विजेता तथा म्यानचेस्टर सिटी ९ अंकसहित समूह उपविजेता बन्यो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३