नेपाल अति उच्च जोखिमबाट उच्च जोखिममा झर्‍यो

भक्तपुर न्यूज

१४ वैशाख २०७७ ५:५१

नेपाल अति उच्च जोखिमबाट उच्च जोखिममा झर्‍यो

काठमाडौँ । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।

छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अति उच्च जोखिममा राखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लूएचओले अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए ।

उनका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो । ‘नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन’, उनले भने, ‘त्यसैले नेपाल कोभिड– १९ को अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।’

नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोभिड –१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ ।

नेपालमा कोभिड –१९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोभिड– १९ र रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड– १९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ ।

दुवैले आआफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहेका छन् । यसैगरी सरकारले मुलुकभरि कोभिड अस्पतालका रूपमा २५ वटालाई हब हस्पिटल बनाएको छ । ती अस्पतालमा कोभिड– १९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ ।
कैलालीमा विदेशबाट आएकाबाट १ जनामा सरेपछि लोकल ट्रान्समिसन नेपाल कोभिड –१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो । अहिले १५ स्थानमा पिसिआर र ७५ जिल्लामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी दुवै विधिबाट परीक्षण गरिएको छ ।

अहिले प्रत्येक २५० जनामध्ये १ जनामा परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा पीसीआरबाट ९ हजार ६ सय ६६ र आरडीटीबाट ३९ हजार ६ सय ७० गरी कुल ४९ हजार ३ सय ३६ जनामा परीक्षण गरिएको छ । तीमध्ये ४९ जनामा संक्रमण देखिएकोमा १२ जना उपचारपछि घर फर्किसकेका छन् ।

यसैगरी, कोभिड –१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राखिएको छ । त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन् । अहिले १४ हजार ७ सय ३१ जना क्वारेन्टाइन र ८९ जना आइसोलेसनमा छन् ।

प्रकाशित मितिः २०७६ बैशाख १४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय