स्वास्थ्यमन्त्री ढकालले जनचेतना फैलाएको आरोपमा डा शेरबहादुर पुनलाई कारबाही गर्ने

भक्तपुर न्यूज

७ वैशाख २०७७ ६:०८

स्वास्थ्यमन्त्री ढकालले  जनचेतना फैलाएको आरोपमा  डा शेरबहादुर पुनलाई कारबाही गर्ने

काठमाडौं । सरकारले सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई कारबाही गर्ने भएको छ। कोरोना भाइरसबारे जनतालाई धेरैभन्दा धेरै जानकारी गराएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पुनलाई कारबाही गर्ने तयारी गरेका हुन्।

कोरोनाभाइरसबारे किन सरकारसँग अनुमति नलिई मिडिया र सामाजिक सञ्जाललाई अभिव्यक्ति दिएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको छ । टेकु अस्पतालमा सरुवा रोग विशेषज्ञका रूपमा कार्यरत पुनलाई मन्त्रालयमा तानेर जगेडामा राख्ने र आफ्नो विश्वासपात्र डाक्टरलाई त्यहाँ लैजाने स्वास्थ्यमन्त्री ढकालको तयारी रहेको स्रोतको भनाइ छ ।

आइतबार कार्यालय खुल्नेवित्तिकै उनलाई सरुवाको पत्र दिइने छ। सरुवा रोग ट्रपिकल अस्पताल टेकुमा कार्यरत डा।पुनले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबारे विभिन्न तथ्य सार्वजनिक गर्दै आएका छन् ।

‘जनतालाई सूचना दिँदा मन्त्रालयले स्पष्टिकरण नै सोधेर पत्र काटेको देख्दा अचम्म लागेको छ’ १ मैले जहिल्यै पनि आमजनताको हितको काम गर्दै आएको छु । जनमानसलाई सही सूचना दिने र जनचेतना जोगाउने मेरो काम हो । विगत १८ वर्षदेखि म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत छु ।

यो अस्पताल साउथ एसियाकै सरुवा रोग अस्पतालको हब अस्पताल बनोस् भन्ने भिजनका साथ म हिँडिरहेको छु। बाहिरका ठूला अस्पतालले जागिर अफर गर्दा पनि नगएर मैले यस अस्पतालको सेवा गरेको छु।

सार्स, जापनिज इन्सेफ्लाइटिस, स्वाइन फ्लू, डेंगु ,बर्ड फ्लूजस्ता थुप्रै महामारी देखेको छु। त्यसमा डटेर काम गरेको छु। कोरोना महामारीमा सुरुदेखि नै खटिरहेको हुँ। म त यो अस्पतालको लागि एउटा जिउँदो इतिहासको रुपमा छु।

आफ्ना अभिव्यक्ति दिँदा केही कुरा गलत बोलेजस्तो मलाई लाग्दैन। जनतालाई सुसूचित गर्ने काम नै गरें जस्तो लाग्छ। मलाई अध्ययन अनुसन्धानमा रुचि छ। त्यसमा घोत्लिरहेको हुन्छु। लेखहरु लेख्छु। केही पाउँला भन्ने आशले त मैले कहिल्यै सोचेको छैन। आममानिसमा जनचेतना जगाउनु नै मेरो लागि प्रमुख हुन्छ।

बिहीबार मन्त्रालयले मलाई त्यहाँ बोलाएको छ भन्ने खबर थाह पाएँ। के कारणले बोलाइएको हो भन्ने मलाई थाह भएन। त्यो दिनमा निकै नै व्यस्त भएँ। ओपीडी थियो। पीपीई लगाएर काम गर्दै थिएँ। त्यो लगाएपछि फोन पनि उठाउन पाइन। बिरामीहरु अलि बढेका थिए। सनसिटीबाट केसहरु आएको थियो। अस्पतालको निर्देशक डा। सागरराज भण्डारीले ‘तपाईंलाई मन्त्रालय बोलाएको छ रे, जानुस् डा। साब,’ भन्नुभयो।

त्यस्तो के हतार होला र केही कुराले होला भन्ने सोचिराखेको थिएँ। अर्को दिन शुक्रबार थाह पाएँ मन्त्रालयले हाजिर भएन भनेर पत्र नै काटिसकेको रहेछ। मैले पत्र भने पढ्न पाएको छैन किनकी म घर गइसकेको थिएँ। पत्रमा के छ भनेर मलाई आधिकारिक जानकारी छैन। तर, मैले अनौपचारिक रुपमा सुनें अनुसार मैले मिडियामा गरेका कुराकानीसँग सम्बन्धित कुरा पत्रमा छ। चिठी नै आइसकेपछि मैले के जघन्य अपराध गरेको रहेछु भन्ने लाग्यो।

सरुवा रोगको जानकारका हिसाबले धेरैले मलाई प्रश्न गर्नुहुन्छ। सोधेपछि भन्नै पर्‍यो। मिडियामा आइराखेको हुन्छ। तर, सधैं मैले भन्ने भनेको रोगका कुरा र संक्रमणबाट बच्ने कुरा त हो। प्राविधिक कुरा भन्ने गरेको छु। पोलिसी लेभलको कुरा गर्ने गरेको छैन। जनतालाई सुझाव दिने काम गरेको छु। सरकारलाई भन्दा पनि जनतालाई सुझाव दिने गरेको हो। यति ससाना कुराको लागि यस्तो गर्नु नपर्ने हो।

जनतालाई सूचना दिँदा मन्त्रालयले स्पष्टिकरण नै सोधेर पत्र काटेको देख्दा अचम्म लागेको छ। अरु धेरैले पनि बोलेका छन्। उनीहरुलाई पनि त कारबाही गर्नुपर्ने होला निरु खै त कारबाहीरु सधैं मै मात्र टार्गेट हुनुपर्छ भन्ने के छ ररु फाइदाको लागि गरेको भए, बदमासी गरेको भए वा भ्रष्टाचार नै गरेको भए अर्कै कुरा। नत्र यस्तो कदम चाल्नुपर्ने कुरै छैन जस्तो लाग्छ।

भित्रैभित्रै राजनीति हुने रहेछ। तर, मन्त्रालयको यो कदमलाई मैले नराम्रो रुपमा लिएको छैन। तर, यसले जनचेतना फैलाउने मेरो कामबाट मलाई हतोत्साही बनाउने हो कि भन्ने लागेको छ। राम्रो काम गर्दै जाँदा विभिन्न अड्चन आउँछन्। दुःख पाइन्छ। मैले सहज रुपमा नै लिन्छु। विभिन्न बाधालाई पार गर्दै अगाडि बढ्नुपर्छ। यस्ता कुरामा धेरै अल्झिएँ भने मेरो नियमित काम, अध्ययन र अनुसन्धानमा बाधा पुग्छ।

प्रकाशित मितिः २०७६ बैशाख ७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय