भक्तपुरको परेली आर्युबेद हाउसमा सिलबन्दी

भक्तपुर न्यूज

२८ चैत २०७६ ६:१८

भक्तपुरको परेली आर्युबेद हाउसमा सिलबन्दी

भक्तपुर । सुर्यबिनायक नगरपालिका–३ बालकोटमा रहेको एक आर्युबेद हाउसलाई सिलबन्दी गरिएको छ । अनुमति प्राप्त गरेको भन्दा भिन्न किसिमका कस्मेटिक चिजवस्तुहरुको उत्पादन, प्याकिङ, लेवलिङ लगायतका कार्यहरु गरी अनाधिकृत रुपमा सामानहरु बिक्री बितरण गरी रहेको परेली आर्युबेद हाउसमा सिलबन्दी गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा उद्योग दर्ता गर्दा हर्बल जन्य बस्तु उत्पादन गर्ने उद्देश्यका साथ उद्योग सञ्चालन गरेर पनि उक्त उद्योगकी सञ्चालिका काभ्रेपलाञ्चोकको साबिक बाङथली ९ स्थायी घर भएकी ३६ वर्षीया कमला उप्रेती अर्यालले अनाधिकृत रुपमा साबुन, बिभिन्न ब्राण्डका क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसन लगायतका कस्मेटिक सामानहरुको उत्पादन, प्याकिङ तथा लेवलिङ लगायतका कार्यहरु गरेको पाईएको हुँदा कानूनको रीत पुर्‍याई जनप्रतिनिधीहरुको रोहबरमा परेली आर्युबेद हाउसको उत्पादन, प्याकिङ लेवलिङ साथै स्टोर गरेको कोठाहरु र मुख्य प्रवेशद्वार समेतमा सिलबन्दी गरिएको परिसरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । यस विषयमा थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।

प्रकाशित मितिः २०७६ चैत्र २८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *