संक्रमितको संख्या १० लाख नाघ्यो (सूचिसहित)

भक्तपुर न्यूज

२१ चैत २०७६ ६:५७

संक्रमितको संख्या १० लाख नाघ्यो (सूचिसहित)

चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म कुल १० लाख १५ हजार ६८३ जना संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ५३ हजार २०१ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या २ लाख २ हजार ९९१ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २ लाख ४५ हजार ०८८ पुगेको छ । अमेरिकापछि इटालीमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म इटालीमा १ लाख १५ हजार २४२ जनामा संक्रमण देखिएको छ भने स्पेनमा १ लाख १२ हजार ०६५ जनामा संक्रमण देखिएको छ । यसैगरी, चीनमा ८१ हजार ६२० र फ्रान्समा ५९ हजार १०५ जनामा संक्रमण देखिएको छ ।

यस्तै, चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सम्म इटालीमा १३ हजार ९१५ जनाको मृत्यु भएको छ । यसैगरी स्पेनमा १० हजार ३४८ जना, अमेरिका ६ हजार ०७५ जना, फ्रान्समा ५ हजार ३८७ जना र चीनमा ३ हजार ३२२ जनाको मृत्यु भएको छ

यसैगरी, चीनमा ७६ हजार ५७१ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, स्पेनमा २६ हजार ७४३ जना, इटालीमा १८ हजार २७८ जना, फ्रान्समा १२ हजार ४२८ जनार अमेरिकामा १० हजार ४०३ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

स्रोतः https://www.worldometers.info/coronavirus/

प्रकाशित मितिः२०७६ चैत्र २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय