संक्रमितको संख्या ८ लाख ५७ हजार ४८७ पुग्यो (सूचिसहित)

भक्तपुर न्यूज

१९ चैत २०७६ ६:१८

संक्रमितको संख्या ८ लाख ५७ हजार ४८७ पुग्यो (सूचिसहित)

भक्तपुर । चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म कुल ८ लाख ५७ हजार ४८७ जना संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ४२ हजार ११४ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या १ लाख ७७ हजार १४१ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ लाख ८७ हजार ९१७ जना पुगेको छ । अमेरिकापछि इटालीमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म इटालीमा १ लाख ५ हजार ७९२ जनामा संक्रमण देखिएको छ भने स्पेनमा ९५ हजार ९२३ जनामा संक्रमण देखिएको छ । यसैगरी, चीनमा ८१ हजार ५१८ जनामा संक्रमण देखिएको छ ।

यस्तै, चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सम्म इटालीमा १२ हजार ४२८ जनाको मृत्यु भएको छ । यसैगरी स्पेनमा ८ हजार ४६४ जना, अमेरिका ३ हजार ८६८ जना र चीनमा ३ हजार ३०५ जनाको मृत्यु भएको छ ।

यसैगरी, चीनमा ७६ हजार ५२ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, स्पेनमा १९ हजार २५९ जना, इटालीमा १५ हजार ७२९ जना र अमेरिकामा ६ हजार ४६१ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

स्रोतः https://www.worldometers.info/coronavirus/

प्रकाशित मितिः२०७६ चैत्र १९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय