कोरोनाभाइरसः मृत्यु हुनेको संख्या २७ हजार ३५२ पुग्यो, कहाँ कतिको मृत्यु (सूचिसहित)

भक्तपुर न्यूज

१५ चैत २०७६ ५:०९

कोरोनाभाइरसः मृत्यु हुनेको संख्या २७ हजार ३५२ पुग्यो, कहाँ कतिको मृत्यु (सूचिसहित)

काठमाडौं  । चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या २७ हजार ३५२ जना पुगेको छ । एकै दिन ३ हजार २५२ जनाको मृत्यु भएपछि मृतकको संख्या २७ हजार ३५२ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ५ लाख ९६ हजार ७६७ जना संक्रमित भएको पुष्टि भएको छ । कोरोना भाइरस संक्रमित मध्ये १ लाख ३३ हजार ३५५ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सम्म इटालीमा ९ हजार १३४ जनाको मृत्यु भएको छ । अहिलेसम्म इटालीमा ८६ हजार ४९८ जनामा संक्रमण देखिएको छ भने १० हजार ९५० जना उपचारपछि घर फर्किएका छन् । स्पेनमा हालसम्म ५ हजार १३८, चीनमा ३ हजार २ सय ९५ जना र अमेरिका १ हजार ६९५ जनाको मृत्यु भएको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ लाख ४ हजार १४२ जना पुगेको छ । अमेरिकापछि इटालीमा बढि संक्रमित देखिएको छ । इटालीमा ८६ हजार ४९८ जनामा संक्रमण देखिएको छ । यस्तै, चीनमा ८१ हजार ३९४ जनामा संक्रमण देखिएका छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन ।

कुन देशमा कति जनालाई संक्रमण र कति जनाको मृत्यु भएको छ त ? हेर्नुहोस्ः

स्रोतः https://www.worldometers.info/coronavirus/

प्रकाशित मितिः२०७६ चैत्र १५ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *