नेपाल कोरिया मैत्री अस्पतालले कोरोना भाइरस परिक्षण ल्याब सञ्चालनमा ल्याउँदै

भक्तपुर न्यूज

७ चैत २०७६ ११:१५

नेपाल कोरिया मैत्री अस्पतालले कोरोना भाइरस परिक्षण ल्याब सञ्चालनमा ल्याउँदै

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाबाट सञ्चालनमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कोरोना भाइरस परिक्षण ल्याब सञ्चालनमा ल्याउन लागेको छ ।

नेपालमा टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पतालमा मात्र परिक्षण गरिने कोरोना भाइरसको परिक्षण अब यस अस्पतालमा समेत गरिने भएको हो ।

कोरोना भाइरसका बारे परिक्षण गर्दा टेकुमा झन्डै ६ घन्टा लाईनमा बस्नु पर्ने अवस्था रहेको र यसलाई मध्यनजर गर्दै आफ्नो नगरका स्थानीय र अन्य नागरिकका लागि कोरोना भाइरसको परिक्षण बारे जानकारी दिन कोरोना परिक्षण ल्याब सञ्चालनमा ल्याउन लागेको मध्यपुुर नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।

ल्याबमा विभिन्न रोग पत्ता लगाउने पीसीआर मेसिन जडान गरेको र उक्त मेसिनले कुनै व्यक्तिमा कोरोना भाइरस संक्रमण छ छैन सहजै पत्ता लगाउन सकिने उनले बताए ।

कोरोना भाइरसको परिक्षण पश्चात नेगेटिभ देखिएकालाई तत्काल डिकिलियर गरेर पठाईने र पोजेटिभ भए टेकुले नै यसको प्रमाणीत गर्ने जानकारी दिँदै नेगेटिभ देखिएकाहरुमाझ समेत मानसिकता तनाव कम गर्न कोरोना भाइरस ल्याब परिक्षणले सहयोग पुग्ने उनले बताए ।

त्यस्तै नेपाल कोरिया मैत्रि नगरपालिका अस्पतालले तत्कालै ४ वटा आइसोलेसन वार्ड सञ्चालनमा ल्याउन लागेको छ ।नगरपालिकाले अस्पतालमा ४० जना क्षमताको क्वारेन्टाइन र कृषि विकास बैंक तालिम केन्द्रको गेस्ट हाउस भवनमा ५० शैयाको क्वारेन्टाइनको व्यवस्था गर्ने भएको छ  ।

प्रकाशित मितिः २०७६ चैत्र ०७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *