भक्तपुरमा आयुर्वेद उपचार विधिबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर न्यूज

३० फागुन २०७६ ६:०८

भक्तपुरमा आयुर्वेद उपचार विधिबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहिबार भनपाका जनप्रतिनिधिबीच आयुर्वेद उपचार विधिबारे भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै वर्तमान समयमा वैकल्पिक चिकित्साको रुपमा अगाडि बढिरहेको आयुर्वेद उपचार विधिको व्यापक प्रचार प्रसार गर्नुपर्ने बताए ।

उनले आफ्नो घर वरिपरि पाइने विभिन्न आर्युवेदिक औषधी सेवन नगरीकन रोगलाई रोक्ने प्रयास गर्नुपर्ने र महंगा औषधिभन्दा आयुर्वेद औषधि सस्तो र सुलभ भएकोले जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए ।

भक्तपुर नगरपालिकाले १०० शैंयाको ख्वप अस्पताल निर्माण गर्न लागेको बताउदै उनले आगामी दिनमा १० वटै वडामा आयुर्वेदिक उपचार सेवा पु¥याउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तत्पर रहनुपर्ने पनि जानकार गराए ।

कार्यक्रममा आयुर्वेदिक सेवा केन्द्र, भक्तपुरका कार्यालय प्रमुख डा. नडन कँडेलले आयुर्वेदसम्बन्धी, डा. बैकुण्ठ सुवेदीले तनाब व्यवस्थापनसम्बन्धी र चाइनिज मेडिसिन विशेषज्ञ प्रचण्ड तिवारीले कोभिड–१९ (नोबेल कोरोना भाइरस) सम्बन्धी र योग प्रशिक्षक लेखनाथ ढकालले योगसम्बन्धी जानकारीमूलक प्रस्तुतिकरण सहित प्रशिक्षण दिएको थियो ।

प्रकाशित मितिः २०७६ फागुन ३० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *