अब मोबाइल एप्सबाटै औषधिको जानकारी

भक्तपुर न्यूज

१३ पुष २०७६ ६:१५

अब मोबाइल एप्सबाटै औषधिको जानकारी

काठमाडौं। नेपालमा धेरैजसो प्रयोग हुने औषधिबारे तयार पारिएको जानकारीमूलक मोबाइल एप्स पहिलोपटक सरकारी तवरबाट तयार गरिएको छ । औषधि व्यवस्था विभागले ती औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको हो ।

एप्स लगइन गरेपछि औषधिको प्रयोग गर्न सकिने अवस्था, औषधिको प्रयोगबाट हुने नकारात्मक असर, औषधिका डोज, नेपालमा कुनकुन ब्रान्डका औषधि उपलब्ध रहेकोलगायतका विषयबारे जानकारी पाइनेछ ।

एप्समा संक्रमण, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या भएका बेला, प्रजनन स्वास्थ्यसँग जोडिएका औषधिबारे जानकारी राखिएको विभागले जनाएको छ । चिकित्सकले बढी मात्रामा सिफारिस गर्ने विभिन्न जेनेरिकका ६ सय बढी प्रकृतिका औषधि एप्समा समावेश भएको जनाइएको छ ।

जसकारण औषधिहरू जनसुरक्षित, असरयुक्त, गुणयुक्त र सुलभ रूपमा उपलब्ध हुने विभागका प्रवक्ता सन्तोष केसीले बताए ।
उनले भने, ‘एप्सका कारण उपभोक्ताहरू ठगिनबाट जोगिन्छन् । र, चिकित्सक तथा सरोकारवाला पक्षले औषधिसँग सम्बन्धित सूचनाको स्रोतका रूपमा एप्सलाई प्रयोग गर्छन् ।’

प्रकाशित मितिः २०७६ पुस १३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *