गरीब तथा जेहेन्दार विद्यार्थीलाई ४८ लाख बराबरको छात्रवृत्ति

भक्तपुर न्यूज

१० पुष २०७६ ६:५५

गरीब तथा जेहेन्दार विद्यार्थीलाई ४८ लाख बराबरको छात्रवृत्ति

भक्तपुर। भक्तपुर नगरपालिकाले आफूद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङ कलेजमा अध्ययनरत गरीब तथा जेहेन्दार एवं प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई ४८ लाख ४६ हजार ७८ बराबरको छात्रवृत्ति वितरण गरेको छ ।

नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालन समितिका अध्यक्ष सुनिल प्रजापतिले बुधबार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरे ।

कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स र कम्युनिकेशनका ५८ विद्यार्थीलाई ४१ लाख दुई हजार ७९५ तथा ख्वप कलेज अफ इञ्जिनियरिङका सिभिल, इलेक्ट्रिकल र कम्प्युटर विषयका ४० विद्यार्थीलाई २७ लाख २५ हजार २८३ बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो ।

प्रकाशित मितिः २०७६ पौष १० बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *