काठमाडौ । गैरआवासीय नेपाली एसोसिएसन एनआरएनए नवौं विश्व सम्मेलन काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दै सुरु भएको छ । १५ सय भन्दा बढी गैरआवासीय नेपाली तथा सरकार, नीजि क्षेत्र विकास साझेदार तथा सरोकारवाला सहभागी विश्व सम्मेलन आजबाट सुरु भएको हो ।
उद्घाटन सत्रमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई सरकारले महत्वपूर्ण विकास साझेदारको रुपमा आत्मसात गरेको बताए । उनले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूजीमार्फत् नेपाललाई समृद्ध मुलुक बनाउन सम्वाहक बन्न आग्रह गरे ।
उनले एनआरएन समुदायको भावना अनुसार नागरिकतासम्बन्धी कानुन संशोधन गरिने तथा नेपालमा लगानीका लागि प्रोत्साहित गर्न सहुलियत प्रदान गरिने बताए। एनआरएनएको विश्व सम्मेलन तथा अधिवेशनले आगामी कार्यकाल २०७६र७८ का लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
डेढ दसक लामो इतिहास पार गरेर जवान बनेको बिश्व छरिएर रहेका गैर आवासीय नेपालीहरुको साझा सस्था गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नवौं विश्व सम्मेलन आज अक्टोबर १५ तारिखदेखि काठमाडौमा शुरु भएको छ । सन् २००३ मा अग्रजहरुको लन्डन बैठकबाट प्रारम्भ गरिएको सस्थाको यो अभियान अहिले फैलिएर बिश्वका ८१ देशमा बिस्तारित र स्थापित बनिसकेको छ ।
अध्यक्षमा चुनाव हुने निश्चित झै देखिएको सम्मेलनमा उपाध्यक्ष बनेका कुमार पन्त र अर्का उपाध्यक्ष कुल आचार्य चुनावी मैदानमा भिड्ने देखिएको छ ।
प्रकाशित मितिः २०७६ असोज २८ मंगलबार
Comments