डा केसीले कात्तिक १३ बाट अनशन बस्ने घोषणा गरे

भक्तपुर न्यूज

२७ असोज २०७६ ६:१८

डा केसीले कात्तिक १३ बाट अनशन बस्ने घोषणा गरे

काठमाडौं । डा गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने घोषणा गरेका छन् । केसीले आज पत्रकार सम्मेलन गरी विभिन्न ६ वटा माग राख्दै अनशन सुरु गर्ने घोषणा गरेका हुन् ।

उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म ११ दिने अल्टिमेटम दिएका छन् । केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्‍याएकालाई कारवाही हुनुपर्ने, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखेका छन् ।

आजदेखि २६ वर्षे सेवाबाट अवकाश हुन लागेका डा केसीले आफू शिक्षण अस्पतालबाट अवकास लिए पनि जुनसुकै ठाउँमा गएर अनशन बस्न सक्ने बताएका छन् । उनले अब कहाँ अनशन बस्छन् भन्नेबारे खुलाएका छैनन् ।

प्रकाशित मितिः २०७६ असोज २७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *