लुटपाट गरी फरार रहेका युवा भक्तपुरबाट पक्राउ

भक्तपुर न्यूज

१८ साउन २०७६ १२:१९

लुटपाट गरी फरार रहेका युवा भक्तपुरबाट पक्राउ

भक्तपुर । लुटपाट गरी फरार रहेका एक युवा भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलाल्चोक राम्चे–७ घर भइ हाल काठमाडौंको थानकोट बस्ने २९ वर्षीय पदम तिमिल्सिना रहेका छन् ।

२०७५ साल असोज २४ गते सल्लाघारीस्थित एक मनी ट्रासर्फरबाट २ लाख रुपैयाँ निकाली आफ्नो घर भक्तपुर निकोसेरा आउँदै गरेकी जया कोइराला चाँगुनारायण नगरपालिका–२ दुवाकोटको हनुमन्ते पुल क्रस गर्ने बित्तिकै लुटिएकी थिइन् ।

तिमिल्सिना, सुजन तामाङ र पबिन तामाङ मिलेर जयाको साथमा रहेको नगद रू २ लाख तथा मोबाइल फोनसमेत लुटपाट गरेका थिए । फरार रहेका तिमिल्सिनालाई शुक्रबार वृत ठिमिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।लोकन्थली नरेफाँटबाट पक्राउ परेका तिमिल्सिनाको साथबाट लागुऔषध डाइजापम, नोफिन र फेनारगन ६ सेट र मोवाइल ४ थानसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उक्त लुटपाटमा संलग्न रहेका ३ जनामध्ये तिमिल्सिना मुख्य रहेको थियो । अन्य २ जना सुजन तामाङ र पविन तामाङ भने यस अघि नै पक्राउ परेका थिए ।

प्रकाशित मितिः २०७६ साउन १८ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय