नदीहरुमा बाढी आउने भएकोले सर्तकता अपनाउन आग्रह
काठमाडौँ । देशभर शुक्रबार आंशिकदेखि सामान्य बदली रहेर केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ३ दिनसम्म वर्षा हुने भएकोले देशका मुख्य नदीहरुमा बाढी आउन सक्ने समते महाशाखाले जनाएको छ ।
खासगरि पूर्व र मध्य क्षेत्रमा बाढीको सम्भावना भारी वर्षा हुने भएकोले ठूला तथा मझौला नदीहरुमा बाढी आउने भएकोले सर्तकता अपनाउन आग्रह गरिएको हो ।
बिशेष गरि इलाम, झापा, मोरंग, सुनसरी, सप्तरी, मकवानपुर, सिन्धुली, सर्लाही, रौतहट, नवलपरासी, रुपन्देही, गुल्मी, पाल्पा, दाङ र आसपासका जिल्लाको पहाड र चुरेबाट बहने नदीहरुमा आकस्मिक बहाव बढ्ने हुनाले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
प्रकाशित मितिः २०७६ साउन ३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
