देशका अधिकांश स्थानमा वर्षा : उच्च सतर्कता अपनाउन आग्रह

भक्तपुर न्यूज

२६ असार २०७६ ३:४७

देशका अधिकांश स्थानमा वर्षा :  उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशभर बलदी र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आउँदो २४ घण्टासम्म पनि मनसुनी न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराईका क्षेत्रमा रहिरहने मौसमविदले बताएका छन् । हाल देशभरको मौसम पूर्ण बदली रहेको मौसमविदले बताएका छन् । मध्य र पूर्वका केही स्थान र पश्चिमका धेरै स्थानमा मनसुनी वर्षा भइरहेको र दिनभर यस्तै रहने जनाइएको छ ।

बिहीबार दिनभर अधिकांश क्षेत्रमा पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा वर्षा हुनेछ । पश्चिमका केही र मध्य तथा पूर्वका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसमविदले हवाई र सडक यातायातमा अवरोध आउने बताएका छन् ।

देशभर वर्षा हुने भएकाले नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने र पहाडी क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले स्थानीय बासीन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रकाशित मितिः २०७६ असार २६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय