मौसम मनसुन सक्रिय
काठमाडौँ । मनसुन सक्रिय हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपाल भित्रिएदेखि नै मन्द रहेको मनसुन अब सक्रिय हुने देखिएको मौसमविदले बताएका छन् ।
हाललाई देशका सबै क्षेत्रमा मनसुनी गतिविधि सक्रिय नभए पनि बिस्तारै बढ्दै जाने देखिएको बताएका छन् । न्यून चापीय रेखा नेपाल तिर सरेकाले अब मनसुन सक्रिय हुने मौसमविदको भनाई छ ।
यसैबिच आइतबार देशका अधिकांश क्षेत्रको मौसम समान्यदेखि पूर्ण बदली हुने जनाइएको छ । पश्चिमी क्षेत्रका धेरै स्थान र मध्य तथा पूर्वको पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाई छ ।
अरु क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ । मध्य पहाड र पश्चिमका एक दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रकाीशत मितिः २०७६ असार २२ आईतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
