मौसम पानी केही स्थानमा मात्र पर्ने
काठमाडौँ । मनसुन कमजोर अवस्थामा रहेकाले पानी पर्न नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन भित्रएको भए पनि कमजोर अवस्थामा रहेकाले पानी पर्न नसकेको मौसमविदले बताएका छन् । न्यून चापीय रेखा मध्य भारततिर रहेकाले नेपालमा मनसुन कमजोर भएको हो।
केही दिनमा सो रेखा बिस्तारै माथि जाने र नेपालतिर आएपछि मनसुन सक्रिय हुने बताइएको छ । झरी पर्ने खालको वर्षाका लागि केही दिन पर्खनु पर्ने अवस्था रहेको मौसमविदले बताए ।
देशभर मौसम बदली भए पनि पानी त्यति पर्न नसक्नुको कारण न्यून चापीय रेखा नेपाल नजिक नहुनु रहेको छ । बुधबार देशभरको मौसम सामान्यत बदली हुने तर पानी भने थोरै ठाउँमा मात्रै पर्ने बताइएको छ । दिनभरजसो मौसम बदली र खुल्ने क्रम जारी रहने छ ।
प्रकाशित मितिः २०७६ असार १८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
