भक्तपुरको ख्वप कलेजमा यस वर्षदेखि कानुन र न्याय संकाय पनि पढाई हुने

भक्तपुर न्यूज

१६ असार २०७६ ५:१५

भक्तपुरको ख्वप कलेजमा यस वर्षदेखि कानुन र न्याय संकाय पनि पढाई हुने

भक्तपुर । भक्तपुरको देकोचामा रहेको ख्वप माध्यमिक विद्यालयमा यसवर्षदेखि कानुन र न्याय संकायमा पनि पढाई हुने भएको छ ।

हालसम्म विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशाश्त्र संकायमा मात्रै अध्ययन अध्यापन गराइरहेको विद्यालयले शैक्षिक सत्र २०७६ कानुन र न्याय संकायमा पनि पठनपाठन सुरु गर्न लागेको हो । पाँंच वटा संकाय अध्ययन अध्यायपन गराउन लागिएको सम्भवत यो भक्तपुरको पहिलो विद्यालय हो ।

विद्यालयका सहायक प्राचार्य विष्णुप्रसाद किसीले कानुन र न्यायको महत्वलाई आत्मसाथ गरी यो वर्षदेखि छुटै संकायको रुपमा यसको पठनपाठन सुरु गर्न लागेको जनाए ।

मानविकी संकायमै ऐच्छिक विषयको रुपमा कानुन र न्याय पढ्न सकिने भए पनि विशेष पढाईका लागि छुटै संकायको रुपमा पठनपाठन गराउन लागिएको किसीले बताए ।

यो संकाय अन्तगर्त कक्षा ११ मा पाँंच वटा विशेष रहेका छन् । कक्षा ११ मा अंग्रेजी र नेपाली अनिवार्य विषयका रुपमा रहेका छन् । अन्य तीन वटा विषयहरुमा जनरल प्रिन्सिपल एण्ड थ्योरिज अफ ल, नेपलिज लिगल सिस्टम र कन्ष्ट्च्यिुसनल ल एण्ड नेपलिज कन्ष्टिच्युशन रहेका छन् ।

साथै कक्षा १२ मा अनिवार्य विषयको रुपमा अंग्रेजी एउटा मात्रै रहेका छन् । बाँंकी चार वटा विषयहरुमा लिगल ड्राफ्टिग, प्रोसिड्युरल ल, सिभिल ल एण्ड जस्ष्टिस एण्ड क्रिमिनल ल एण्ड जस्ष्टिस् र ह्युमन राइट रहेका छन् ।

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित यो स्कुल २०५६ सालमा स्थापना भएको हो । स्थानीय निकायबाट सञ्चालित यो देशकै एउटै मात्रै स्कुल हो ।

प्रकाशित मितिः २०७६ असार १६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *