खरिपाटीमा वृद्धाको घाँटी रेटेर हत्या
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीमा एक वृद्धाको घाँटी रेटेर हत्या गरिएको छ ।
आइतबार दिउँसो मोटरसाइकलमा चढेर आएका ३ जना युवाको समूहले खरिपाटी बस्ने ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधानले भक्तपुर न्यूजडटकमलाई जानकारी दिए ।
महाशाखा र भक्तपुर प्रहरी परिसरले घटनामा संलग्न युवाको खोजी गरिरहेको प्रधानले जानकारी दिए । उनले भने अपराधको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने र प्रहरीले अनुसन्धानलाई समेत अघि बढाएको बताए ।
प्रकाशित मितिः २०७६ असार १५ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
