कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, १२ हजार ९ जना पास
काठमाडौ । नेपाल इपीएस सेन्टरले गत जेठ २६ र २७ गते लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनकि गरेको छ। रोजगार अनुमति प्रणाली ईपीएस कोरिया जानेको लागि लिइएको कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास भएका छन्।
ईपीएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीका अनुसार आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । त्यसका लागि तर कोरियाली भाषा परीक्षा दिनेको नेपाली युवाको संख्या ९२ हजार ३ सय ५६ जना रहेको भण्डारीको भनाई छ।
रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको परीक्षामा ७४ हजार ८ सय ६० जनाले परीक्षा सहभागी भएका थिए। जसमा ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए।
कोरियन भाषा परिक्षाका लागि काठमाण्डौ र ललितपुरमा २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परीक्षार्थीहरुले परीक्षा दिएका थिए। जसमा २ सय ४७ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए।
प्रकाशित मितिः २०७६ असार १३ शुक्रबार