एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?

भक्तपुर न्यूज

१२ असार २०७६ ११:३२

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा आज प्रकाशित गरेको छ ।

२०७५ को एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ गरी कूल ४ लाख ५९ हजार २ सय ७५ परीक्षार्थी सहभागी भएका थिए ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

नियमित तर्फ परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १६ हजार ८ सय ८२ जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ४८ हजार १९ सय ६० जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६० हजार ७ सय ७ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने ७४ हजार १ सय १० जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ९७ हजार २ सय ९९ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार २ सय ९ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४० जना रहेका छन् । यस्तै, ० जीपीएदेखि १.२ जीपीएसम्म ४ हजार ४ सय २९ जना रहेका छन् ।

यसैगरी, प्राविधिक तर्फ परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउन ६ सय ९८ जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने २ हजार १ सय ७७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ३ हजार ३५ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने २ हजार ४ सय ५४ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ९ सय ८ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९८ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या १ जना रहेका छन् । यस्तै, ० जीपीएदेखि १.२ जीपीएसम्म ० जना रहेका छन् ।

परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नु परेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए ।

नतिजा कसरी थाहा पाउने ?

एसईई परीक्षाको नतिजा हेर्नका लागि नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ ।

यस्तै, एसइईको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट थाहा पाउन सकिन्छ ।

परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np बाट नतिजा हेर्न सकिने जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार १२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *