एसईई बोर्ड बैठक सुरु ; केहि बेरमै नतिजा सार्वजनिक हुने
भक्तपुर । एसईई परिक्षा बोर्डको वैठक सुरु भएको छ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा दिउसो २ बजेदेखि बोर्डमा बैठक सुरु भएको हो । अबको केहि बेरमा नै नतिजा सार्वजनिक हने बोर्डले जनाएको छ ।
बैठक सुरु भएको केहि बेरमै नतिजा आउने परिक्षा नियन्त्रक विष्णु प्रसाद अधिकारीले भक्तपुर डटकमलाई जानकारी दिए ।
२०७५ चैत्र २१ बाट सुरु भएको एसइईमा परिक्षा दिनेको संख्या ४ लाख ८५ हजार ५ सय ८६ रहेको थियो ।
यसरी हेर्न सकिन्छ एसईईको नतिजा
परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np बाट नतिजा हेर्न सकिने जनाएको छ ।
प्रशिक्षार्थी पत्रकार ; सुनिता दाहाल
प्रकाशित मितिः २०७६ असार १२ बिहिबार