सत्यमोहनलाई भक्तपुरमा गरियो नागरिक अभिनन्दन (फोटोफिचर)

भक्तपुर न्यूज

६ असार २०७६ ११:२१

सत्यमोहनलाई भक्तपुरमा गरियो नागरिक अभिनन्दन (फोटोफिचर)

भक्तपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई शुक्रबार भक्तपुरमा नागरिक अभिन्दन गरिएको छ ।

श्री सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति भक्तपुरद्वारा आयोजित अभिनन्दन कार्यक्रममा जोशीलाई गरिएको हो ।

जोशीलाई नेवारी परम्परागत बाजागाजा सहित मध्यपुर थिमी र भक्तपुर नगरक्षेत्रको परिक्रमा गराइएको थियो । त्यसपछि एक कार्यक्रमकाबीच जोशीलाई तेजेश्वरबाबु ग्वंग, रमापतिराज शर्मा, श्रीगोपाल प्रजापति, पूर्णबहादुर वैद्य र कैलासभक्त प्रधानाङ्गले नेवारी परम्परागत रुपमा अभिनन्दन गरेका थिए ।

उनलाई पहिला सगुनले अभिनन्दन गरिएको थियो ।

जोशीलाई करिब ३ फिट अग्लो ताम्रापत्रले अभिनन्दन सहित सम्मान गरिएको छ ।

काशित मितिः २०७६ असार ६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *