फेसबुकमा गुठी विद्येयकविरुद्ध स्टाटस लेखेपछि क्याप्टेन लामालाई जापान जान रोक !

भक्तपुर न्यूज

३ असार २०७६ ८:२९

फेसबुकमा गुठी विद्येयकविरुद्ध स्टाटस लेखेपछि क्याप्टेन लामालाई जापान जान रोक !

काठमाडौं । समसामयिक बिषय, समाजमा भइरहेको बिकृति विसंगतिको बिषयमा स्पष्ट रुपमा आफ्नो भनाइहरु राख्न नडराउने नेपाल वायुसेवा निगमका प्रबक्ता तथा क्याप्टेन बिजय लामाले गुठी बिधेययकबारे आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दा जापान जानबाट बञ्चित गरिएको छ । ।

सरकारविरुद्ध स्टाटस लेखेका भन्दै क्याप्टेन लामालाई जापान जानबाट बञ्चित गराइएको हो ।

निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् ।

लामाले फेसबुकमा लेखेको स्ट्याटस !

आगामी भदौ १२ देखि जापानको ओासाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट लामालाई सोमबार जापान पठाउन लागेको थियो ।

निगमका एक उच्च अधिकारीका अनुसार तीनै जनाको होटल र टिकटसमेत बुकिङ भइसकेको थियो ।

प्रकाशित मितिः २०७६ असार ३ मङ्गलबार।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *