भक्तपुरको भैरवनाथ मन्दिरको नित्य पूजा रोक्ने चेतावनी : गुठी बिधेयक

भक्तपुर न्यूज

३१ जेठ २०७६ ८:२९

भक्तपुरको भैरवनाथ मन्दिरको नित्य पूजा रोक्ने चेतावनी : गुठी बिधेयक

भक्तपुर । सरकारले ल्याएको गुठी बिधेयक फिर्ता नलिए भक्तपुरको भैरवनाथ मन्दिरको नित्य पूजा रोक्ने चेतावनी दिएका छन् ।

गुठी संरक्षण समितिको संयोजक तथा भैवरनाथ नौ बाज गुठीका सदस्य कृष्ण राज जोशीले सरकराले ल्याएको गुठी बिधेयक फिर्ता नलिए दैनिक हुने नृत्य पूजा रोक्ने चेतावनी दिएका हुन् ।

उनले बिधेकले संस्कृति र परम्परा माथि हमला गरेको भन्दै यदि बिधेयक पारित भए भक्तपुरको प्रसिद जात्रा बिस्केट लगाएत बिभिन्न जात्राहरु रोकिने बताए ।

देशैभर गुठी बिधेयक बिरुद्ध प्रदर्शन भइरहेका बेला भक्तपुमा पनि गुठीयारहरुले गुठी संस्थामा घेराउ गर्दे आन्दोलन छेडेका छन् ।

गुठीयारहरु माथि सरकारले नियोजित रुपमा बिधेयक ल्याएर धर्म र संस्कृतिमा माथि आक्रमण गर्दै नेपाल र नेपालीको अस्तित्व समाप्त पार्ने खेलमा लागेको गुठीयारहरुले बताएका छन् ।

लिच्छवी कालिन समया देखि चल्दै आएको गुठी र गुठीयारको सम्पत्तिमा सरकारले आँखा लगाएर भूमाफियालाई पोछ्ने उदेश्यका साथ उक्त बिधेयक ल्याएको सरोकारवालाहरुले आरोप लगाएका छन् ।

युद्धकालिन समया तत्कालिन माओवादीलाई क्रिशियनहरुले गरेको आर्थिक सहयोगको ऋण तिर्न नेकपा सरकारले नियोजित रुपमा नै गुठी बिधेयक ल्याएर सन्तान धर्म नै सखाप पार्ने योजनबद्ध तरिकारले बिधेयक ल्याएको जोशीले बताए ।

प्रकाशित मितिः २०७६ जेठ ३१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *