काठमाडौं । अष्ट्रेलियामा जारी १८ औं विश्व र्याफ्टिङ च्याम्पियनसिपको पुरुष डाउनरिभरमा स्पर्धामा नेपालले छैटौं स्थान हासिल छ ।
क्वीन्सल्यान्डस्थित टाली नदीमा आइतबार १६ राष्ट्र रहेको प्रतिस्पर्धामा नेपाल छैटौं स्थानमा रहेको हो । डाउनरिभरमा न्युजिल्यान्ड पहिलो, रुस दोस्रो र ब्राजिल तेस्रो भयो ।
योसंगै नेपाल समग्रमा १० औं स्थानमा रहेर प्रतियोगिता सकाएको छ । यसअघि नेपालले स्प्रिन्टमा पाँचौ स्थान हासिल गरेको थियो । जुन नेपालको यो अहिले सम्मकै उत्कृष्ट नतिजा रहेको थियो ।
यस्तै स्लालोम स्पर्धामा नेपालले १३ औं स्थान हासिल थियो । नेपाल हेड टु हेडमा भने चीनसंग पराजित भएको थियो ।
प्रकाशित मितिः २०७६ जेठ ५ आइतबार
Comments