भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै

भक्तपुर न्यूज

६ वैशाख २०७६ ९:४९

भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै

काठमाडौं । देशभर बालबालिकालाई शुक्रबार र शनिबार भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ ।

सरकारले भिटामिन ए कार्यक्रम अन्तर्गत आज र भोलि दुई दिन ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ ।

कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्यौलमा परे पनि खोप कार्यक्रम भने प्रभावित नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका करीब २७ लाख ६८ हजार ५ सय ४० बालबालिकालाई भिटामिन ‘ए’ र जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका २३ लाख ५६ हजार ८ सय ४३ बालबालिकालाई जुकाको औषधि र ती बालबालिकाको पोषणस्थित जानकारीका लागि पाखुराको नाप लिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम ४१ जिल्ला र ५६ जिल्ला पाखुराको नाप लिने कार्यक्रम सञ्चालन हुने छ । ती जिल्लामा ती कार्यका लागि करीब ३६ हजार बुथमा महिला स्वयंसेविका र स्वास्थ्यकर्मी गरी करीब ६० हजार जनशक्ति परिचालन हुनेछन् ।

बाल मृत्युदरलाई रोक्न सरकारले वि.सं.२०५० सालदेखि यो अभियान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मितिः२०७६ वैशाख ६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *