बिस्केट जात्राको आकषर्ण बेतालको मूर्तिले पायो पूर्णता

भक्तपुर न्यूज

२२ चैत २०७५ ११:३८

बिस्केट जात्राको आकषर्ण बेतालको मूर्तिले पायो पूर्णता

भक्तपुर । भक्तपुरको प्रसिद्ध विस्का जात्रामा भैरवनाथ रथको अग्रभागमा विराजमान हुने वेताल को मूर्ति यस बर्ष नयाँ प्रतिस्थापन गर्ने भएको छ । भक्तजनले पूजाआजा गर्ने क्रममा बढी घर्षण भएर उक्त बेतालको निधारमा प्वाल परेकाले तीस बर्ष पछि वेतालको को नयाँ मुर्ति प्रतिस्थापन गर्ने लागिएको हो ।

भक्तपुर नगरपालिका ५ का स्थानिय नारायणप्रसाद खाईतूको आर्थिक सहयोगमा उनकै घर लिवालिबीमा वेतालका मूर्ति तयार पारिएको हो । आज तयार भएको मूर्तिलाई भोली शनिबार बिहान सखारै क्षमा पूजा गरि द्यो : छेंमा भित्राईने छ । सो प्रक्रिया अघि बिधिपूर्ण सम्पूर्ण कार्या गरिने समेत जनाईको छ । निकै चर्चामा रहेको यो मूर्ति वरुण वृक्ष र नेपालीमा ब्रह्म काठसँगै अष्टधातुबाट तयार गरिएको छ । काठको पूर्ण कदको बेतालको मूर्तिमा मुखौटा एवं टाउकोमा तामा रहेको छ भने हातखुट्टासँगै पूरै शरीरमा तामाको पाताले मोडिएको छ। त्यस्तै तामाकै मुकुट लगाइएको छ। यो मूर्ति तयार गर्न शरिरमा १६ किलो तामा र मुखौटा, मुकुट र टाउको बनाउन साढे १६ किलोग्राम अष्ट धातुमा गनिने सुन, चाँदी, तामा, पित्तल, जस्ता, चरेस, फलाम र ढलौट प्रयोग गरि बनाइएको दाता नारायण प्रसाद खाईतूले बताए ।

संस्कृतिकर्मी ओम धौभडेलले भन्छन्, ‘बेताल बनाउन काठ ल्याइसकेपछि मूर्तिको आकार दिनअघि बलिसहित पूजा गर्नुपर्छ’, ‘त्यस्तै बेतालको मूर्ति तयार भइसकेपछि मूर्तिमा आँखाको चित्र कोर्न, प्राण प्रतिष्ठा गर्न पनि बलिसहित पूजा गर्नुपर्छ।’ उनले भने यो पटक जसरी बेतालको मूर्ति बनाईएको छ यो परम्परा बिपरित रहेको छ ।

उनले प्रति प्रश्न गर्दै भने तौमढिको बेताल चोकमा निमार्ण गरिने मूर्ति यो पटक दाताले आफ्नै निवासमा तयार गर्नु गलत  हो । बिगतमा तीन मूर्ति बेतला चोकमै निमार्ण भएको उनले बताए । उनले भने यदि कसैले सहयोग गर्यो भन्दै मूर्ति निमार्णको प्रक्रिया बदल्ला परम्परा माथि प्रहरा भएको छ । बेताल एक शक्तिशालि देवका रुपमा पूजा गरिँदै आएको छ । यसको मुख हेरेर जात्राको बिषयमा राम्रो या अनिष्ट हुने समेत पहिलानै जानकारी लिन सक्ने किम्वदन्ति समेत रहेको छ ।

निकै आकर्षक र मनमोहक रहेको यो रथमा राखिएको बेतालको मूर्ति सबैको चासोको बिषय बन्ने गर्दछ । तर स्थानियहरुको मान्यता भने अलि फरको रहेको छ । स्थिानियहरुमाझ परम्परा देखिनै चित्रकारले आँखा खुलाउने क्रममा आफूले समेत आँखा बन्द गरेर बेतालसँग आँखा खुलाउने र यस समयमा बेतालसँग चित्रकारको आँखा जुधे दृष्टि गुम्ने मान्यता रहेको छ ।

प्रकाशित मितिः२०७५ चैत २२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय