सरकारी स्वास्थ्य संस्थामा कार्यरत डाक्टरहरु आन्दोलनमा
काठमाडौं । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी स्वास्थ्य संस्थामा कार्यरत डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।
सबै प्रदेशमा समान तरिकाले डाक्टर खटाएर समायोजन गर्नुपर्ने आफ्नो माग सरकारले सुनुवाई नगरेपछि शुक्रबारदेखि सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको स्वास्थ्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारी समायोजनका क्रममा कर्णाली र सुदूरपश्चिम पश्चिम प्रदेशमा अत्यन्त कम मात्रामा चिकित्सक पठाइएको, संघ र प्रदेशमा चिकित्सक धेरै राखिएकोले विरोधमा आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।
गएको फागुन १८ गते गोदान र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सबै प्रदेशसमा समान तरिकाले डाक्टर पठाउने सहमति भए पनि ब्यवहारमा त्यस्तो नभएको उनीहरुको गुनाशो छ । आफ्नो माग पूरा नहुँदासम्म आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने संघले जनाएको छ । देशभर झण्डै १४ सय सरकारी डाक्टर छन् ।
प्रकाशित मितिः२०७५ चैत २२ शुक्रबार