भक्तपुरमा बर्डफ्लु भेटियो झन्डै ३ हजार कुखुरा नष्ट

भक्तपुर न्यूज

२१ चैत २०७५ ७:०७

भक्तपुरमा बर्डफ्लु भेटियो झन्डै ३ हजार कुखुरा नष्ट

भक्तपुर । भक्तपुर स्थित् सूर्यबिनायक नगरपालिका वडा नम्बर १ तर्खगालको बहुउद्देश्य कृषि फर्मममा बर्डफ्लु भेटिएको छ । कृषि फर्ममा बर्डफ्लु भेटिएको जानकारीसँगै उक्त फर्मममा आएर २ हजार ९ सय ८५ कुखुरा नष्ट गरिएको हो ।

फर्ममा कुखुरासहित १ सय पचास किलो दाना र अण्डा वैज्ञानिक तवरले नष्ट गरिएको पशु विद् डा चन्द्र ढकालले जानकारी दिए । वरिष्ठ पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गर्ने काम भएको हो ।

फर्मममा रहेका कुखुरा, दाना र अण्डा नष्ट गर्न पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको टोली आज उक्त स्थानमा पुगेर उक्त फर्मका कुखुरा र दाना नष्ट गरिएको हो । ढकालका अनुसार चार किल्लाभित्रका कुखुरा नष्ट गरी खाडलमा पुरिएकोे छ । कृषि फर्म वरपर बर्डफ्लु नियन्त्रण गर्न किटनाशक औषधि प्रयोग गरिएको ढकालले जानकारी दिए ।

प्रकाशित मितिः२०७५ चैत २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय