तराईका क्षेत्रमा अपराहन्नतिर हावाहुरी चल्न सक्ने

भक्तपुर न्यूज

२१ चैत २०७५ ५:३९

तराईका क्षेत्रमा अपराहन्नतिर हावाहुरी चल्न सक्ने

काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै पश्चिमको पहााडी क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । बाँकी क्षेत्रको मौसम आंशिक बदलीको अवस्थामा रहने महाशाखाले जनाएको छ ।

पूर्व र मध्यका थोरै तथा पश्चिमका एक–दुई ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानैदेखि बादल लागेका छ ।

दिनभरजसो बदलीको अवस्था रहे पनि ठूलो पानी पर्ने सम्भावना नरहेको जनाइएको छ । तराईका क्षेत्रमा अपराहन्नतिर हावाहुरी चल्न सक्ने मौसमविदले बताएका छन् ।

प्रकाशित मितिः२०७५ चैत २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय